FEATURESNew Coming Soon
Home › Photo & Content Policy

Photo & Content Policy

Photo & Content Policy Last Updated: September 17, 2026

फोटो हाम्रो कामको सबैभन्दा महत्वपूर्ण हिस्सा हो। त्यसैले ग्राहकले हामीलाई पठाउने फोटो, design र अन्य content सम्बन्धमा हाम्रो काम गर्ने तरिका यहाँ स्पष्ट गरेका छौँ।

1. Customer को Photo मा हाम्रो Ownership हुँदैन

Customer ले आफ्नो photo वा अन्य personal image printing, editing, designing वा custom product का लागि हामीलाई पठाउँदा त्यस photo मा Laligurans Photo Studio ले आफ्नो ownership claim गर्दैन।

2. Photo को प्रयोग

Customer ले पठाएको photo सम्बन्धित service पूरा गर्न प्रयोग गर्न सकिन्छ।

Custom frame, design, printing वा अन्य creative work गर्दा photo लाई आवश्यक format, size, layout वा design मा प्रयोग गर्नुपर्ने हुन सक्छ।

3. Website तथा Social Media Showcase

हामीले तयार गरेका केही design, custom work वा completed products लाई हाम्रो काम देखाउन:

- Website
- Social media
- Portfolio
- Promotional materials

मा showcase गर्न सक्नेछौँ।

तर customer ले पहिले नै आफ्नो photo वा work online मा नराख्न स्पष्ट रूपमा अनुरोध गरेको अवस्थामा हामी त्यसलाई showcase का लागि राख्ने छैनौँ।

यदि कुनै customer को photo वा work पहिले नै showcase गरिएको छ र पछि customer ले हटाउन अनुरोध गर्नुभयो भने, हाम्रो नियन्त्रणमा रहेका website तथा social media platforms बाट हटाउने प्रयास गर्नेछौँ।

4. Photo हटाउन Request

Photo हटाउन request गर्दा हामीले:

- कुन photo/design हो
- सम्बन्धित order वा कामको सामान्य विवरण
- आवश्यक परेमा customer को identity confirmation

माग्न सक्छौँ।

यसको उद्देश्य गलत व्यक्तिको request का कारण अरू customer को content हट्न नदिनु हो।

5. Customer ले पठाएको Content को जिम्मेवारी

Customer ले हामीलाई पठाएको photo, design, logo, artwork, text वा अन्य सामग्री प्रयोग गर्ने अधिकार आफूलाई छ भन्ने कुरा सुनिश्चित गर्नु customer को जिम्मेवारी हो।

यदि customer ले अरू व्यक्ति, photographer, designer, company वा website को copyrighted content permission बिना उपलब्ध गराउनुभयो भने त्यस content को ownership वा permission सम्बन्धी जिम्मेवारी customer कै हुनेछ।

6. Content हटाउने सम्बन्धमा

हामीलाई कुनै content को सम्बन्धमा उचित copyright, privacy वा अन्य valid concern बारे जानकारी प्राप्त भएमा त्यसलाई review गरी आवश्यक कदम चाल्नेछौँ।

7. हामीसँग सम्पर्क गर्नुहोस्

Photo वा content सम्बन्धी कुनै समस्या, request वा प्रश्न भएमा हामीलाई सम्पर्क गर्नुहोस्।

Laligurans Photo Studio
📞 011-620217
📱 +977 9741486925
📧 laliguranstudio@gmail.com

Chautara, Sindhupalchok

Chautara, Sindhupalchok - (Milan Chowk)

Get Directions (बाटो हेर्नुहोस्)